नेपाली महोत्सव २०७३

Event Date: 27 May 2016 | Source: NRNA BAHRAIN

बिदेशमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन, प्रवासमा कार्यरत नेपाली कलाकारहरुको कलाको जगेर्ना र संस्थाको कल्याणकारी कोष मार्फत गैरआवासीय नेपाली संघले नेपालमा गरिरहेका विभिन्न राहत कार्यक्रमहरुका लागी सहयोग पुर्याउने उद्देश्यले यस गैरआवासीय नेपाली संघ (NRNA)बहराईनले आउदो मे 27 का दिन डेलमन इन्टरनेसनल होटेल, मनामा मा बृहत नेपाली महोत्सव २०७३ को आयोजना गर्ने भएको छ। अपराह्न १२ बजे देखि बेलुका १० बजे सम्म चल्ने यस महोत्सवमा बेजोड सान्स्कृतिक कार्यक्रमहरु, नेपाली परिकारहरु, नेपाली सामानहहरुको प्रदर्शनी, नेपालिहरुका समसामयिक विषयहरुमा संबंधित निकायहरू मार्फत परामर्श र बिङ्गो, हाजिरी जवाफ, बालबालिकाहरुका लागि खेलहरु लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन। बहराईनबासी समस्त नेपाली दाज्युभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भइदिनुहुनको लागी अनुरोध गर्दछौं। धन्यवाद
प्रवेश शुल्क: २ दिनार मात्र

निवेदक:
गैरआवासीय नेपाली संघ
रास्ट्रीय समन्वय समिती बहराईन