NRNA बहराइनद्वारा सम्मान कार्यक्रम सम्पन्न:

Event Date: 24 Jul 2016 | Source: NRNA BAHRAIN

NRNA बहराइनद्वारा सम्मान कार्यक्रम सम्पन्न:

गैरआवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद बहराइनले गत मे २७ तारीखका दिन आयोजना गरिएको NRNA नेपाली महोत्सव २०७३ कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनुहुने स्थानीय कलाकारहरु, सहयोगीहरु एवं स्वयंसेवकहरुलाई एउटा कार्यक्रम गरि सम्मान गरेको छ।
बिहिवार १४ जुलाई २०१६ का दिन नेपाली क्लब बहराइनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा महोत्सवमा प्रस्तुती दिने कलाकारहरू, सहयोगीहरु र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा NRNA बहराईनका अध्यक्ष श्री टंक बस्नेत, संरक्षक श्री जेपि सापकोटा, सांस्कृतिक सचीव श्री अशिम महत लगायत विभिन्न वक्ताहरुले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनुहुने सबैलाई हार्दिक धन्यवाद ब्याक्त गर्नुभएको थियो तथा महोत्सव कार्यक्रमलाई उत्कृष्ट संयोजन गर्नुहुने सांस्कृतिक सचीव श्री अशिम महत र लामो समयदेखि बहराइनमा रहि नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याउनुहुने समाजसेवी श्री छबिलाल बि.क. लाई विशेष सम्मान गरिएको थियो।
साथै, कार्यक्रममा यहि आउदो २१ र २२ जुलाईमा कतारको दोहामा हुनगइरहेको गैरआवासीय नेपाली संघको पाचौं मध्यपुर्विय भेलाबारे जानकारी र बहराइनका तर्फबाट राख्नुपर्ने समसामयिक विषयहरु बारे छलफल गरिएको थियो।

शुभेच्छा सहित,

तेजराम सापकोटा (तिलक)
उपाध्यक्ष तथा प्रवक्ता
गैरआवासीय नेपाली संघ,
रास्ट्रीय समन्वय समिती, बहराइन