नेपाली "नयाँ बर्ष २०७४" को शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने बारे

Published On: Sunday, March 26, 2017 | Source: NRNA BAHRAIN

मिति : २६ मार्च , २०१७

श्री बहराइनस्थित सम्पुर्ण संघ-संस्था तथा संगठनका अध्यक्ष ज्यूहरु अथवा प्रतिनिधि ज्यूहरु,
गैरआवासीय नेपाली संघ, बहराइनका सम्पुर्ण पार्षदहरु,
सम्पुर्ण ब्यवसायी, समाजसेवी र पत्रकार ज्यूहरु,
तथा बहराइनस्थित सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

बिषय : नेपाली "नयाँ बर्ष २०७४" को शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने बारे ।

महोदय ,
उपरोक्त सम्बन्धमा यस गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बहराइनले नेपालीहरुको "नयाँ बर्ष बिक्रम सम्बत २०७४" को शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा समसामयिक विषयहरुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हुँदा उक्त अबसरमा यहाहरु सबै उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद

मिति: १४ अप्रिल, २०१७, शुक्रबार
समय: दिनको ठिक १ः०० बजे
स्थान: नेपाली क्लबको सभा हल ।

निवेदक:
लाल प्रसाद पुन
कार्यवाहक अध्यक्ष, तथा
गैर आवाशिय नेपाली संघ ,
राष्ट्रिय समन्वय परिषद, बहराइन परिवार।

Lal Prasad Pun Jhamka Prasad SapkotaKalyan ShresthaTilak SapkotaLaxmi Giri Kumar Bk Shyam Tamang Shyam Pun Magar Kc Puran Gorakh Ramjali Bhimkunwar Chhetri Deepak Gurung Aj Grg Narendra Ghale Gam Bahadur Gurung Padam Bk Raju Padam Sundar Rahul Gurung Shaligram Panta Durga Giri Bedraj Paudel Sherbahadur Rawat Kamal Ghimire Sudhir Shrestha Kaji Thapa