निःशुल्क स्वास्थ शिबिर

Published On: Source: NRNA BAHRAIN

निःशुल्क स्वास्थ शिबिर

11/2/2018

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद बहराईन द्वारा Al Hilal Multi Speciality Hospital Adliya को बिषेश सहयोगमा यही नोभेम्बर २ तारीक शुक्रवार का दिन आयोजना गरेको निःशुल्क स्वास्थ शिबिर बहराईनबासि नेपालि हरुको उल्लेख्य उपस्थिति मा अति भब्य र सभ्यरुपमा सम्पन्न भयो । उक्त शिबिरमा बिभिन्न कम्पनिमा कार्यरत झण्डै ४०० जना श्रमिकहरुले आफ्नो स्वस्थ परिक्षण गराई लाभान्वित हुनुभयो।

शिबिरको उद्द्घाटन बहराईनका लागि नेपाली राजदुत श्री पदम सुन्दास ज्यु र अल हिलाल हस्पिटलका रिजनल म्यानेजर श्री आशिफ मोहम्मद ज्यु ले संयुक्त रुपमा रिबन र केक काटेर गर्नुभएको थियो।

अन्तमा, रक्त परिक्षण पश्चात शिबिरमा आउने सम्पुर्णलाई आयोजक गैर आवासीय नेपाली संघ र नेपालि दुताबासले फलफुल जुस पानी तथा स्याण्ड्वीच बितरण गरेको थियो।

यस शिबिर लाई सफल बनाउनका लागि नेपाली दुताबास परिवार, बहराईनमा स्थापित सम्पुर्ण संघ स्ंस्था तथा स्ंगठन समाजसेबि, बुद्धिजिबि पत्रकार तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु द्वारा पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग, सदभाव र सहकार्यको अपेक्षा गर्दछौं।

 

धन्यवाद ।

 

गैर आवासीय नेपाली संघ 
राष्ट्रिय समन्बय परिषद, बहराईन ।